लाभांश पारित गर्न एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्याे एजिएम

-



     सफल आवाज    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित



काठमाडौं, २६ कात्तिक । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४० ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे ।

कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको ४२.१०५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीकाे मंगलबार, कात्तिक २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश पारित गर्नका लागि कम्पनीले १३ औँ वार्षिक साधारण सभा पुस ४ गते, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे डाकेकाे छ।

साधारण सभाबाट लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । यस्तै बाेनस शेयर वितरण गरेपछि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित अनुमाेदन गरिने भएकाे छ ।