
काठमाडौं, ७ मङ्सिर । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको गरेकाे थियाे।
बैंककाे ३९ औँ वार्षिक साधारण सभा मंसिर २९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ।
सभाबाट १९ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने छ। प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।
साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर १६ गते बुकक्लोज गरिने भएकाे छ । साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनका लागि शेयरधनीहरुले मंसिर १५ गतेसम्म नेप्सेमा शेयर काराेबार गरि कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




