नबिल बैंकद्वारा १२.५० प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर २१ गते २०८२ मा प्रकाशित



काठमाडौं, २१  मङ्सिर । नबिल बैंकले लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि वितरण गरिने लाभांश घोषणा गरेको हाे।

यसअघि बैंकले हाल कायम रहेकाे चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साे लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले वितरण गर्ने उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछी तथा बैंककाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ।