सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ ४ गते २०८२ मा प्रकाशित



काठमाडौं, ४ माघ । सोलु हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियाे ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेकाे छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण शेयर निष्कासनकाे अनुमति पाएकाे थियाे ।

आईपीओको पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गरिसकेको कम्पनीले, सामूहिक लगानी कोषका लागि ५ लाख र कर्मचारीका लागि ३ लाख कित्ता छुट्याएको छ। बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेकाे हाे ।

कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम १ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले ताेकिएका बैंक तथा वित्तीय संस्था, शाखा कार्यालय र ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।