
काठमाडौं, ८ माघ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताउनुभएको छ । उहाँहरूले लोकतन्त्र, सुशासन, विकास र राष्ट्रिय एकता सुदृढीकरणका लागि निर्वाचन सफल बनाउनु सबैको साझा दायित्वका रूपमा रहेको धारणा राख्नुभयो ।
जेनजी अभियान्ता सुप्रिया शाहीले सचेत मतदाताको सक्रिय र अर्थपूर्ण सहभागिताबाट स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न भई सक्षम र जिम्मेवार जनप्रतिनिधि चयन हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जेनजी पुस्ताले देशमै अवसर खोजिरहेका छन्, निर्वाचनपछि गठन हुने सरकारले सुशासन, पारदर्शीता र जवाफदेहितासहितको शासकीय अभ्यास गर्नुपर्छ ।”
रासससँगको कुराकानीमा अभियन्ता अर्णव चौधरीले युवापुस्ताले उठाउँदै आएका मुद्दालाई निर्वाचनपछि बन्ने सरकारले आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निष्पक्ष, शान्तिपूर्ण र विविधताको सम्मान हुने गरी व्यापक जनसहभागितासहित निर्वाचन सम्पन्न गर्न सम्पूर्णले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने र समानुपातिक निर्वाचनमा संविधानको मर्मअनुसार उम्मेदवार छनोट गर्नुपर्ने चौधरीको भनाइ छ ।
निर्वाचनपछि गठन हुने सरकारले भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, आधुनिक शिक्षा प्रणाली, लैङ्गिक समानता, सामाजिक न्याय, वातावरण संरक्षण, स्वदेशमै रोजगारी र ‘डिजिटलाइज्ड’ सार्वजनिक सेवामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
जेनजी फ्रन्टका सुदूरपश्चिम प्रदेशका संयोजक नवीन विष्टले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनुका साथै सबै नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुनुपर्ने र जेनजीका माग पूरा हुनुपर्छ । जेनजी जनआन्दोलन प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौताको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।”








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




