सपोर्ट लघुवित्तको नाफामा १०४.८३ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ १३ गते २०८२ मा प्रकाशित



काठमाडौं, १३ माघ । सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको छ।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रु ३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १०४.८३ प्रतिशतले बढेको हाे । गत आर्थिक वर्षको सोही अवधिमा नाफा १ करोड ५५ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी ७३.२० प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा ११.९० प्रतिशतले तथा कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत बढेकाे छ । सञ्चालन मुनाफा ७३.८३ प्रतिशतले बढेको छ। 

लघुवित्तको इम्पेरमेन्ट चार्ज रु १६ लाख ६५ हजार रुपैयाँ रहेको छ भने रु ४ करोड ४० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा छ।

प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा बढेर ५१ रुपैयाँ ८७ पैसा भएकाे छ। पुससम्ममा मूल्य आम्दानी रेसियाे ३४.३७ गुणा रहेको छ । नेटवर्थ १८९ रुपैयाँ १ पैसा छ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे चुक्ता पूँजी रु १२ करोड २४ लाख रहेको छ । जगेडा कोषमा रु १० करोड ८९ लाख रहेकाे छ ।