कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     फागुन २० गते २०८२ मा प्रकाशित



काठमाडौं, २० फागुन । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्रायाएकाे छ । बैंकका अनुसार संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता सेयर बिक्रीमा ल्याइएकाे हो ।

शेयर खरदका लागि बैंकका संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने भएका छन् । यसका लागि इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनु पर्ने अवधि ताेकिएकाे छ ।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिन भित्र काठमाडौंको नक्सालमा रहेकाे कुमारी क्यापिटल लिमिटेड र टंगालमा रहेकाे बैंकको प्रधान कार्यालयमा आवेदन दिन सकिनेछ ।

बैंकका अनुसार तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट प्रयाप्त आवेदन नपरेमा सर्वसाधारणलाई शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाइने भएकाे छ ।