सुनचाँदीको भाउ घट्यो, सुन तोलामा २ हजार ८०० ले सस्तियाे

-



     सफल आवाज    
     मंसिर ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ मंसिर। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । मंसिर ६ गते आइतबार सुन प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ कायम थियो । पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिँदै आएको छ ।

आजको बजार मूल्य विवरण:

धातुआजको मूल्य (प्रतितोला)गत शुक्रबारको मूल्य (प्रतितोला)फरक
सुन२ लाख ४२ हजार ६०० रुपैयाँ२ लाख ४५ हजार ४०० रुपैयाँ२ हजार ८०० रुपैयाँ घट्यो
चाँदी३ हजार ६५ रुपैयाँ३ हजार ११० रुपैयाँ४५ रुपैयाँ घट्यो