
काठमाडौं, १६ मंसिर । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्राेलियम पदार्थकाे मूल्य घटाएर पठाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियमकाे मूल्य घटेपछि त्यसकाे प्रधाव परेकाे जनाइएकाे छ । तर खाना पकाउने ग्यासकाे भाउमा भने परिबर्तन भएकाे छैन ।
आईओसीले पठाएकाे नयाँ मूल्यसूची अनुसार डिजेल लिटरमा ११ रुपैयाँ, पेट्रोलमा २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेकाे निगमले जनाएकाे छ।
अन्तर्राष्ट्रिय बजारकाे प्रभावले तेलकाे मूल्य घटेर आएकाले निगमले पेट्रोल प्रतिलिटर १३ रुपैयाँ र डिजेल लिटरमा ५० पैसा नाफा कमाउने भएकाे छ । हवाई इन्धन आन्तरिकका लागि ४२ रुपैयाँ र मट्टीतेल लिटरमा ३५ रुपियाँ नाफा हुने निगमकाे भनाइ छ ।
निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर २७७ रुपैयाँ घाटा रहेकाे उल्लेख गरेकाे छ । मूल्य घटेर आएकाे निगमलाई १५ दिनमा रुपैयाँ ५८ करोड नाफा हुने देखिएकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियमकाे मूल्य घटेकाे र आईओसीले पनि भाउ घटकाे सूची पठाए पनि नेपाल आगल निगमले मूल्य नघटाउने भएकाे छ । आईओसीलाई बक्याैतामा रहेकाे ठूलाे रकम तिर्न बाँकी नै भएकाेले घटाइएकाे छैन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




