दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १ अर्ब २४ करोड

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने सबै समूहहरु बढेर हरियाली देखिएका हुन् ।

नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेको र १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । सोमबार एक अर्ब पनि नपुगेको शेयर कारोबार रकम मंगलबार १ अर्ब २४ करोड भन्दा धेरै भएको छ ।

दिनभर भएका १८ हजार ४ सय २६ कारोबारबाट १९३ कम्पनीका ४९ लाख १३ हजार ४ सय ९७ कित्ता शेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७ सय ७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।