सुनको भाउ तोलाको ९९ हजार ५ सय पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । सुनचाँदीको भाउ निरन्तर उकालो लाग्दैछ । छापावाल सुनको भाउ बढेर तोलाको एक लाख पुग्न लागेको छ ।

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउमा रुपैयाँ ४ सयले बढेको छ । चाँदीमा रुपैयाँ २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको रुपैयाँ ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि साताको अन्तिम कारोबार भएको दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार १ सय रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।