प्रि ओपन सेसन : नेप्सेमा ०.०१ अंककाे बृद्धि

-



     सफल आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । सातामा सेयर कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से ०.०१ अंकले बढेको छ

गत बिहीबार नेप्से परिसूचक ११.२२ अंक बढेर १९६१.०६ विन्दुमा बन्द भएको थियाे । यस दिन प्रिओपन सेसनमा नेप्से ०.०१ अंक बढेर १९६१.०७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.०२ अंकले बढेको छ।

यस सेसनमा ११ कम्पनीकाे ३ लाख १२ हजार ५५८ रुपैयाँ बराबरको काराेबार भएकाे छ । जहाँ ५५३ हजार कित्ता सेयर खरिदबिक्री नेप्सेले जनाएकाे छ। चार कम्पनीकाे सेयरमूल्य बढेको छ भने चारकाे सेयरमूल्य घटेको छ। बाँकी ३ को मूल्य स्थिर रहेको छ।