
काठमाडौं, १८ मंसिर । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । यसदिन कारोबार रकममा भने सुधारको संकेत देखिएको छ।
बिहिबार नेप्से परिसूचक ८.३३ अंकले बढेर १९५८.१८ विन्दुमा उक्लिएको थियो । नेप्सेमा ०.४३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.६२ अंकले बढेर ३८३.४६ विन्दुमा पुगेको थियो ।
यसअघि बिहिबार ३८ लाख १५ हजार ४५२ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब २९ करोड ९६ लाख ७६ हजार ८१५ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको थियो । आज कुल कारोबारमा सुधार भएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक झिनो २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.११ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.१७ अंकले बढेर ३८४.८३ विन्दुमा पुगेको छ ।
कुल २४३ कम्पनीको सेयर कारोबार भएको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ ०१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको १९ करोड ८० लाख ६७ हजार ४९३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
दोश्रोमा नेष्डो संमृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ करोड ७७ लाख १५ हजार १६६ रुपैयाँ बराबरको कारोबार भएको छ । तेश्रोमा फ्रष्ट माइक्रोफाइनानस लघुवित्त वित्तीय संस्थाको ७ करोड ११ लाख १८ हजार २८४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
चौथोमा हिमालयन डिष्टिलरी लिमिटेडको ६ करोड ७० लाख २९ हजार १९६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।पाँचौमा धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट लिमिटेड रहेको छ । कम्पनीको ४ करोड ९० लाख ७० हजार ४३९ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै धाैलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.११ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




