सानिमा बैंकको सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । सानिमा बैंकको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम भएकाे हाे ।

बैंकको नेप्सेमा १० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हाे। समायोजन गरेपछि बैंकको सेयरमूल्य २४७ रुपैयाँ १८ पैसा निर्धारण भएको छ।

नेप्सेका अनुसार अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकालाई आधार बनाएर सेयरमूल्य समायोजन गरिएकाे हो। उक्त दिन सेयरमूल्य प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसा थियो। समायाेजन भएकाे मूल्यलाई आधार मानेर बैंकको सेयर कारोबार हुनेछ।

बैंकले गएकाे वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांशसहित १०.९८ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । उक्त लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि बैंककाे १८औँ वार्षिक साधारण सभा पुस ३ गते बाेलाइएकाे छ। साधारण सभा काठमाडाै बालुवाटारमा रहेकाे आम्रपाली ब्यांक्वेटमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।

सभाबाट लाभांश प्रस्ताव पारित गर्नुका साथै उपयुक्त लागेका बैंक र वित्तीय संस्थासँग गाभ्ने गाभिने विषयमा कार्य गर्नका लागि त्यसकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, २ जना सञ्चालकको चयन गर्ने, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने एजेण्डामाथि छलफल गरी पारित गरिने भएकाे छ ।