सुन -चाँदीको भाउ बढ्यो, ताेलाकाे कति ?

-



     सफल आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । सोमबार छापावाल सुनको भाउ तोलाको १ सय कम रुपैयाँ १ लाख पुगेको छ । अघिल्लो दिन आईतबार पनि छापावाल सुनको भाउ बढेर तोलाको रुपैयाँ ९५ हजार ५ सय पुगेको थियो ।

साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार छापावाल सुनमा पुनः बृद्धि भएको छ । सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको रुपैयाँ १ सय कम एक लाख पुगेको हो । चाँदीको भाउमा पनि यसदिन रुपैयाँ १५ ले बृद्धि भएर रुपैयाँ १४ सय नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको भाउ तोलामा रुपैयाँ ४ सयले बढेर तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलाको रुपैयाँ ९९ हजार ५ सय निर्धारण भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ ४ सयले बढेर तोलाको ९९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।