आँधिखोला लघुवित्तको सीइओमा पुनःके सी नियुक्त

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित



स्याङ्जा, ४ कार्तिक । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सीईओमा पुनः डोलराज के.सी नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले के.सीलाई आगामी ४ वर्षको लागि पुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष नरेश के.सी.ले पुन नियुक्त भएका सीईओलाई नियुक्तीपत्र प्रदान गरेका थिए ।

नियुक्तीपत्र ग्रहण गर्दै सिईओ के.सी.ले संस्थाले गरेको विश्वासप्रति आभार प्रकट गर्दै पदीय जिम्मेवारी अनुरुप कार्य गरी संस्थाको गरिमालाई जाेगाउदै लगानीकर्तालाई उच्च प्रतिफल दिन क्रियाशिल रहने बताए । स्याङ्जाको भिरकोट नगरपालिका १, बयरघारीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तमा विगत ४ वर्ष देखि के.सी ले नै सिईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

१० जिल्ला कार्य क्षेत्र रहेको यो लघुवित्त छिटैनै बागलुङमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको धौलागिरी लघुवित्तसँग मर्जरमा जाने तयारीमा रहेकाे छ । मर्जरपछि संस्थाको नाम धौलागिरी आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ । यसको सीईओमा पनि आँधिखोला लघुवित्तको सीईओले नै जिम्मेवारी बहन गर्ने सम्झौता भएको छ। मर्जरपछि संस्थाकाे केन्द्रीय कार्यालय पाेखरामा रहने जनाइएकाे छ ।