२४.४६ अंकले घट्यो नेप्से, रिडी पावरको कारोबार अब्बल

-



     सफल आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । आईतबार नेपाली बजारमा बनेको सकारात्मक माहोल एकदिन बढी टिक्न सकेन । हिजाे नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा उक्लिएको थियो । कारोबारमा पनि सुधार हुँदै १ अर्ब ५६ करोड नाघेको थियो ।

तर यसदिन नेप्सेको उकालोको यात्रामा ब्रेक लागेकाे छ । यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केहि बढेको छ । १३ वटै उपसमूहहरु राताम्मै हुँदा पुनः लगानीकर्ताको मनोबल घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.४६ अंकले घटेको छ । यसरी घटेको नेप्से १९३८.७६ विन्दुमा झरेको हाे । नेप्सेमा १.२५ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ५.१९ अंकले घटेर ३७९.६४ विन्दुमा पुगेको छ ।

यसदिन कुल २४० कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४१ लाख २७ हजार २८६ कित्ता सेयरको कारोबारबाट १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ ६३ पैसा बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रोमा शिवम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार ६६२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा नबिल बैंकको ८ करोड ४७ लाख ८९ हजार ६ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा हिमालयन डिष्टिलरी लिमिटेडको ७ करोड ३८ लाख ४३ हजार १०१ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।पाँचौमा नेष्डो संमृद्ध लघुवित्त वित्तीय संस्थाको ३ करोड ७१ लाख ८९ हजार ७५२ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

यसदिन सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ३.१२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडको ७.३७ प्रतिशतले घटेको छ ।