सुपर मादी हाइड्रोकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     मंसिर २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० मंसिर । सुपर मादी हाइड्रोपावरकाे सेयरमा आजदेखि बिक्री खुल्ला गरिएकाे छ । कम्पनीले आयोजनाबाट प्रभावित मानिएकाे क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकाे हाे । यसबाट आयोजनाबाट बढी प्रभावित मानिने कास्कीको मादी गाउँपालिकाका वडा नं. १ र २ का जनता रहेका छन् । उनीहरुकाे लागि ३ लाख १५ हजार कित्ता सेयर रहेकाे छ ।

आयोजनाबाट प्रभावित मादी गाउँपालिकाका अन्य वडाहरु ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ र पोखरा महानगरपालिकाका वडा नं. २६, २७ र २८ का जनताका लागि ७ लाख ३५ हजार कित्ता जारी गरिएकाे छ ।

कम्पनीले २ लाख १० हजार कित्ता सेयर विदेशमा बरहेर काम गरिरहेका नेपालीका लागि निष्काशन गरेकाे छ । सेयरमा लगानीका लागि लगानीकर्ताले पुस ५ गतेसम्म आवेदन दिन पाउनेछन्।

ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो सेयरमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सेयर लगानीकर्ताले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।