घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ६ सयले घटेर तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ ६०० ले घटेर तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९९ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ३५ ले गिरावट भई तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार ३ सय ८५ रुपैयाँ कायम भई कारोबार भएको थियो ।