नेप्सेमा लगातार गिरावट, कारोबार साढे ९६ करोडमा सीमित

-



     सफल आवाज    
     मंसिर २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजारमा ओरालाकोका यात्राले निरन्तरता पाएको छ ।

यसदिन नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ भने कारोबार रकमले करोडको घेरो नाघ्न सकेन । १३ उपसमूह मध्येमा तीनवटामा मात्रै हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी १० वटामा रातो लागेको छ र उनीहरुको सेयर घटेको छ । हरियो लागेकाहरुमा जीवन बीमा, लघुवित्त तथा अन्य उपसमूह रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको छ । नेप्सेमा ०.२५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५६ अंकले घटेर ३७८.०८ विन्दुमा पुगेको छ ।

यसदिन कुल २३८ कम्पनीको सेयर कारोबार भएको छ । २५ लाख ८१ हजार ४२५ कित्ता सेयरको खरिदबिक्री हुँदा ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ १४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको ८ करोड १२ लाख ३४ हजार ७९९ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रोमा हिमालयन डिष्टिलरी लिमिटेडको ५ करोड ५० लाख ८ हजार २९ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा रिडी पावर कम्पनी लिमिटेडको ५ करोड २ लाख ७ हजार २७४ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा नबिल बैंकको ४ करोड ८१ लाख ९५ हजार ५२१ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ । पाँचौमा एनआईसि एशिया बैंकको ३ करोड ५३ लाख ४५ हजार २४६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा बढी धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.१७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनएमबि बैंक लिमिटेडले ६.०७ प्रतिशतले गुमाएको छ ।