बडा दशैंकाे पाँचौ दिन आज देवी स्कन्दमाताको पूजा

-



     सफल आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ कात्तिक । बडा दशैंकाे पाँचौ दिन आज शक्तिस्वरुपा देवी स्कन्दमाताको पूजा गरि मनाइदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन उनलाई स्कन्दमाताको रूपमा पूजा गरिन्छ ।

देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना भइरहेकाे छ । घर घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गरिदैंछ ।।