उधाेगपति वसन्त चाैधरीलाई कोरोना संक्रमण

-



     सफल आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ५ कात्तिक । उधाेगपति तथा कवि वसन्त चौधरीलाई कोरोना भाइरसकाे संक्रमण पाेजेटिभ देखिएकाे छ । आज बिहान ट्वीट गर्दै उनले संक्रमण पाेजेटिभ देखिएकाे लेखेका छन ।

ट्वीटमा चाैधरीले केही लक्षणहरु पनि देखिएको बताएका छन् । आफू निरन्तर डाक्टरकाे सम्पर्कमा रहेकाे र सल्लाह लिइरहेकाे बताएका छन् । चाैधरी हाल हाेम आइसोलेसनमा बसेका छन् । उनले आफुसंग सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सरसल्लाह लिन अनुराेध पनि गरेका छन् ।