
काठमाडौं, २० मंसीर । सुपर मादी हाइड्रोपावरले आजबाट आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक राेजगारमा गएकाहरुकाे लागि बिक्रीमा ल्याएकाे सेयरमा ६६ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन पेश भएकाे छ ।
कार्यालय समयसम्म ४८९ जनाले ६६ हजार ६८० कित्ताको लागि आवेदन पेश गरेका सीडीएसले जनाएकाे छ । प्रतिकित्ता १०० रुपैयाँ दरकाे ३१ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरिएकाे हाे ।
आयोजनाबाट धेरै प्रभावित कास्कीकाे मादी गाउँपालिकाका वडा नं. १ र २ का जनताका लागि ३ लाख १५ हजार कित्ता रहेकाे छ । यस्तै मादी गाउँपालिकाका वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ रहेका छन् । पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का लागि ७ लाख ३५ हजार कित्ता रहेकाे छ ।
कम्पनीले २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि सेयर जारी गरकाे छ । यसमा पुस ५ गतेसम्म आवेदन दिन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा पुस २० गतेसम्म आवेदन दिन पाइनेछ ।
वैदेशिक रोजगारमा गएकाहरुले पुस ५ गतेसम्म आवेदन दिन पाउनेछन् । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




