बुधबार सुन र चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदीकाे भाउ यसदिन मंगलबार कै भाउ कायम भएर कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन मंगलबारकै भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजाबी सुनको भाउमा पनि कुनै परिवर्तन भएको छैन । यसदिन तेजाबी सुन मंगलबारकै भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छ ।

महासंघका अनुसार चाँदीको भाउमा पनि आज कुनै परिवर्तन भएको छैन । चाँदी तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार ३ सय ५० रुपैयाँ नै कायम भई कारोबार भएको थियो ।