१९१७.२८ विन्दुमा झर्यो नेप्से, डेढ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । पछिल्ला केहि दिनहरुमा सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको सेयर कारोबार हुन चौथो दिन बुधबार नेपाली सेयर बजार राताम्मै भएको छ ।

एउटा उपसमूह होटल तथा पर्यटन बाहेक सबैमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । तर कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार भएको छ । यसदिन कारोबार अर्बको घेरो नाघेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा झरेको छ । नेप्सेमा ०.८६ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.४४ अंकले घटेर ३७३.६४ विन्दुमा झरेको छ ।

यसदिन कुल २४६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८० लाख ९२ हजार ७१९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ ९९ पैसा बराबरको कारोबार भएको छ ।

आज १३ उपसमूहरुमध्ये एउटा होटल समूहमा मात्रै हरियो लागेको छ । यो समूहको सेयर बढेको छ । बाँकी सबै १२ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सानिमा बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो कारोबार ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको भएको छ ।

यसदिन सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको ६.०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले घटेको छ ।