काठमाडाैं, ५ कात्तिक । हालसम्मकै ठूलो आठ अर्बको ८ करोड कित्ता आइपीओ ल्याउन लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोश्रो वार्षिक साधारण सभा मंसिरको ३ गते हुने बैंकले जानकारी दिएको छ । १२ अर्ब चुक्ता पूँजी रहेको बैंकमा आइपीओ निष्काशन भएपछि पूँजी २० अर्ब पुग्ने भएको छ ।
साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा मंसिर ३ गते अपरान्ह ४ वजे बाेलाईएको छ । पूर्वाधारका परियोजनाहरुमा वृहत लगानीमार्फत मुलुकको समग्र अर्थतन्त्रको विकासमा सहयोग पुर्याउने लक्ष्यसहित स्थापना भएको नेपालको पहिलो पूर्वाधार विकास बैंकले यसअघिका विषयहरुलाई नै सभामा प्रस्तुत गर्ने भएको छ । पहिलो साधारण सभाबाट नै आइपीओ ल्याउने प्रस्ताव पारित भएको थियो । तर शेयर निष्काशन कार्यमा भएको बिलम्वले पुनःसाेहि प्रस्तावलाई साधारणा सभाबाट पारित गरिने बैंकले जनाएको छ ।
सभाबाट आर्थिक वर्ष २०७६/२०७७ को प्रतिवेदन तथा विभिन्न वित्तय विषयहरुमा छलफल गरेर पारित गरिने भएको छ । यस्तै, लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायतका विषयमा छलफल गरी पारित गर्ने भएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



