एलन मस्कलाई उछिन्दै अर्नाल्ट बने विश्वका धनाढ्य

-



     सफल आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । विश्वका धनी व्यक्तिको ताजा सूचीबाट सबैभन्दा धनि व्यक्ति एलन मस्क पछाडी परेका छन् । अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले सन् २०२२ का लागि सार्वजनिक गरेको रिपाेर्टका अनुसार ट्विटर र टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधिबाट पछि परेका हुन्।

एलन मस्कलाई लक्जरीयस ब्रान्ड लुईस भिटनकाे प्रमुख कम्पनी एलभिएमएचका प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्टले पछि पारेका हुन्। फोर्ब्सको सूचीमा अर्नाल्ट १८५.३ बिलियन डलरको मालिक दर्ज भएर पहिलाे स्थानमा रहेकाे उल्लेख छ ।

फोर्ब्समा छापिएकाे रिपोर्टका अनुसार नोभेम्बर ८ मा मस्कको कुल सम्पत्ति २०० अर्ब डलर तल थियो। २०२२ मा काे शुरुमा मस्कले ट्विटर किन्नका लागि प्रस्ताव गरेपछि टेस्लाको स्टक २.७ प्रतिशतले घटेकाे थियाे । उनी ट्विटरको प्रमुख भएपछि कम्पनीले ६० प्रतिशत कर्मचारी कटाैतीमा परेका थिए ।

सन २०२१ मा फोर्ब्स पत्रिकाले एलन मस्कलाई विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीकाे पहिलाे स्थानमा रहेकाे उपाधि दिएको थियो। साे समयमा एलन मस्क ३०२ बिलियन डलरको सम्पतिसहित पहिलाे स्थानमा थिए । उक्त समयमा अमेजनका संस्थापक रहेका जेफ बेजोस पछाडी परेका थिए ।