बढ्यो सुन र चाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले बढेर तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीको भाउ रुपैयाँ १० ले बढेर तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।