
काठमाडौं, २३ मंसिर । मेगा बैंक नेपालकाे सेयरमूल्य आज नेपाल स्टक एक्सचेन्जमा समायाेजन भएकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि बैंककाे सेयरमूल्य नेप्सेमा समायोजन भएर नयाँ मूल्य कायम गरिएकाे छ ।
बैंकको ४ प्रतिशत बोनस सेयर समायोजन भएकाे हो। सेयरमूल्य समायोजन भएपछि बैंकको सेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ ६२ पैसा निर्धारण गरिएकाे छ।
बैंकको अघिल्लो कारोबारको अन्तिम मूल्यकाे आधारमा नेप्सेले बैंकको सेयरमूल्य समायोजन गरेको हो। बैंकको अघिल्लो कारोबार प्रतिकित्ता २१२ रुपैयाँ ८० पैसामा भएको थियो।
मेगा बैंकको साधारण सभा पुस ७ गते काठमाडाै प्रदर्शनीमार्गमामा रहेकाे राष्ट्रिय सभा गृहमा बाेलाइएकाे छ । सभा पूर्वान्ह १० बजे बाेलाइएकाे छ । सभाबाट मेगा बैंकको १०० कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर हुने गरी मर्जरमा जाने कार्यलाई अनुमाेदन गरिने भएकाे छ ।
यस्तै सभाले हाल कायम चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख रुपैयाँको ४ प्रतिशतले हुने ६४ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३.७९ प्रतिशतले हुने ६१ करोड २ लाख रुपैयाँ नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदा गर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




