ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारण सभाले मर्ज र लाभांशकाे प्रस्ताव पारित गर्दै

-



     सफल आवाज    
     मंसिर २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू मर्ज हुने भएपछि दुवै बैंकले आज साधारण सभा आयाेजना गरेका छन् ।

ग्लोबल आइएमई बैंकको साधारण सभा काठमाडौं गैह्रीधारामा रहेकाे सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टरमा पूर्वान्ह १० बजेदेखि हुँदैछ ।

बैंक अफ काठमान्डूको साधारण सभा त्रिभुवन आर्मि अफिसर्स क्लबमा पूर्वान्ह १० बजेदेखि हुँदैछ । दुबै बैंकका साधारण सभाले १ः१ अनुपात रहेकाे मर्जर प्रयोजनको स्वाप रेसियो प्रस्तावलाई अनुमाेदन गर्ने भएकाे छ ।

दुबै बैंक मर्ज भएपछि बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने प्रस्ताव पनि सभाबाट पारित हुनेछ । सभाबाट दुवै बैंकको लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।

सभामा ग्लोबल आइएमईकाे गत वर्षको नाफाबाट ३% बोनस सेयर र १०.६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदैछ । बैंक अफ काठमान्डूकाे गत वर्षको नाफाबाट ६% बोनस सेयर र १४.९५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिने सूची रहेकाे छ ।