राष्ट्र बैंकले माघ १ देखि सम्पत्ति शुद्धीकरण निवारण महाशाखा सञ्चालनमा ल्याउँदै

-



     सफल आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको जनाएकाे छ ।

बैंकले माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी बैंकभित्र अलग्गै विशिष्टि सुपरीवेक्षकीय संरचनाकाे रुपमा छुट्टै सम्पत्ति शुद्धीकरण निवारण (Money Laundering Prevention Supervision Division) महाशाखा स्थापना गरिने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अब बनाइने साे महाशाखाले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणका कामहरु गर्ने भएकाे छ ।

राष्ट्र बैंकले प्रकाशित गरेकाे सूचना