सुनको भाउ १ हजारले बढ्यो, चाँदीमा पनि वृद्धि

-



     सफल आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । यसदिन छापावाल सुन तोलामा रुपैयाँ १ हजारले बढेको छ । सेतो धातु चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बृद्धि भई तोलाको १ लाख १ हजारमा खरिदबिक्री भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको रुपैयाँ १ लाखमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कायम भइ कारोबार भएको थियो ।