नेप्सेमा २.६२ अंककाे गिरावट, काराेबार ७२ कराेडमा सिमित

-



     सफल आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारमा सामान्य गिरावट भएकाे छ। १३ उपसमूहहरुमध्ये ५ वटामा हरियाे लागेकाे छ । उनीहरुकाे सेयर बढेकाे छ । बाँकी समूहहरुमा राताे लागेकाे छ । उनीहरु सबैकाे सेयर घटेकाे छ ।

काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ भने एक अर्बकाे घेराेलाइ छुन सकेन । नेप्सेमा भएकाे यस प्रकारकाे नकारात्मक लयले लगानीकर्ताकाे मनाेबल घटाएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा झरेकाे छ । नेप्से ०.१४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.१२ अंकले घटेर ३७०.१९ विन्दुमा रहेकाे छ । 

कूल २४६ वटा कम्पनीकाे २० लाख ८७ हजार ८ सय ७६ कित्ता सेयरकाे खरिदबिक्री भएकाे छ । यसबाट ७२ करोड ७८ लाख ७७ हजार ८ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

यसदिन कूल १३ उपसमूहहरुमध्ये ५ वटामा हरियाे लागेकाे छ । उनीहरु सबैकाे सेयर बढेकाे छ । बाँकी ८ वटा उपसमूहहरुमा राताे लागेकाे छ । उनीहरकाे सेयर घटेकाे छ । 

काराेबारकाे आधारमा सबैभन्दा बढी नेपाल टेलिकमकाे काराेबार भएकाे छ । टेलिकमकाे ५ कराेड ३९ लाख १३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ।

सीवाईसी नेपाल लघुवित्त र इष्टर्न हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले घटेकाे छ ।