
काठमाडौं, ६ कात्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैंमा बजार अनुगमनलाई निरन्तरता दिने जानकारी गराएकाे छ । दशैं बिदामा अनुचित व्यापारिक क्रियाकलाप भएर उपभोक्ता गठिने सम्भावना रहेकोले अनुगमनलाई निरन्तरता दिइरहने विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताएका छन्।
नियमित बजार अनुगमनका क्रममा पनि बजारमा अुनचित क्रियाकलाप भइरहेका छन, दशैं बिदाको समयमा अनुगमन नगर्ने हाे भने उपभोक्ता मारमा पर्छन् । त्यसैले दशैंकाे बेलामा कडाइका साथ अनुगमन गर्ने याेजना बनाएका छाैं । उनले बिदाको समयमा धेरै कालोबजारी हुनसक्ने भएकाेले ग्राहक भएर अनुगमनमा जाने बताए । नियमित तथा विभागमा आउने नासोका आधारमा उपत्यकाका विभिन्न स्थानमा अनुगमन टोली परिचालित हुने भएका छन ।
विभागले कालोबजारी तथा अनुचित व्यापारिक क्रियाकलाप भएमा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गरी गुनासो र सूचना दिन उपभोक्तालाई अनुरोध पनि गरेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



