
काठमाडौं, २९ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आजबाट ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेकाे छ । बैंकले वार्षिक रुपमा ७ प्रतिशत ब्याजदर रहने ७ वर्षे ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ बिक्रीमा ल्याएकाे हाे ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरकाे ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हाे। यसबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिने भएकाे छ । बाँकी रहने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। यसबाट पनि १ लाख कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा २५ कित्ता तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि पुस ४ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा पुस १४ गते सम्म आवेदन दिन सकिनेछ।
इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी दिएकाे छ। याे भनेकाे मध्यम कर्जा जोखिम रहेको संकेत हाे । ऋणपत्रबाट आउने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलाे अर्धवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि भुक्तानी गरिने भएकाे छ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




