घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
छापावाल सुनमा यसदिन रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा एकैदिन रुपैयाँ १ हजारले बढेर तोलाको रुपैयाँ १ लाख १ हजारमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनमा तोलामा रुपैयाँ १ हजाले बढेर तोलाको १ लाख ५ हजारमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले गिरावट भई तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदीमा रुपैयाँमा १० ले बढेर तोलाको रुपैयाँ १ हजार ४ सयमा कारोबार भएको थियो ।