प्रि ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो

-



     सफल आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । साताको अन्तिम कारोबार दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार २.६२ अंक घटेर १८९७.०८ विन्दुमा बन्द भएको नेप्से आजको प्ररि(ओपन सेसनमा ०.२५ अंक बढेर १८९७.३४ विन्दुमा पुगेको छ। यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०९ अंकले वृद्धि भएको छ ।

आज बिहीबारको प्रि-ओपन सेसनमा १६ वटा स्टकको १ लाख २६ हजार ३९९ रुपैयाँ ६० पैसा बराबरको २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ । यसमध्ये १० वटा स्टकको मूल्य बढेको छ भने ५ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको छ ।