
काठमाडौं, २९ मंसिर । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारले अघिल्लो दिनको जस्तै ओरालोको यात्रामा निरन्तरता पाएको छ । पुस महिनामा बैंकहरुले ब्याजदर नघटाई स्थिर राख्ने भएपछि बजारमा सुधार आउन नसकेको आलकन गरिएको छ ।
यस्तै बुधबार आर्थिक पत्रकार संघको महासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा तरलतामा सुधार नआउने कुरा बताएपछि लगानीकर्ता त्यसबाट प्रभावित भएका छन् ।
सबै सूचकांकहरु राताम्मै भएका छन् भने कारोबारमा अघिल्लो दिनको तुलनामा केही सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेको छ । नेप्सेमा ०.७६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१५ अंकले घटेर ३६८.०४ विन्दुमा रहेको छ ।
आज कुल २५४ कम्पनीको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४८ लाख ४ हजार २७९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ ८२ पैसा बराबरको कारोबार भएको छ ।
नेप्सेमा अनुसार बिहीबार १३ वटै उपसमूहरु राताम्मै भएका छन् । सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक प्रोमोटर सेयरको २२ करोड ८९ लाख ४२ हजार ३५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
दोश्रोमा शिवम् सिमेन्टको ९ करोड ३१ लाख ४९ हजार ३७५ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा सिआईसि नेपाल लघुवित्तको ६ करोड ३९ लाख ९४ हजार १६४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
चौथोमा नेपाल टेलिकमको ५ करोड ३३ लाख ८५ हजार ९७४ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ । पाँचौमा नबिल बैंक लिमिटेडको ४ करोड ७२ लाख ५५ हजार ९०२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा धेरै १० प्रतिशतले गुमाएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




