घट्दै सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     पौष १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ पुस । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सय ले घटेर तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले गिरावट भई तोलाको ९९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९९ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।