
काठमाडौं, ७ कात्तिक । सानिमा बैंकले कात्तिक २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्ने भएको छ । साधारण सभा बाटुवाटारस्थित आम्रपाली ब्यांकेटमा पूर्वान्ह ११ बोलाईएको छ ।
प्रस्तावित १० प्रतिशत दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्तावलाई सभाले पारित गर्ने भएको छ । साथै लाभांश कर प्रयोजनसहित ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने कार्यसूचि रहेको छ ।
८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपछि चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रुपैयाँ हुने भएको छ ।
बैकको साभारण सभामा मर्ज तथा एक्वीजिसनसम्बन्धी कामका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियमावली, प्रबन्धपत्र लगायतका प्रस्तावित विषयहरुमा छलफल गरी पारित गरिने भएको छ ।
सभाका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर शेयर धनिहरु आउन सक्ने र बढी उपस्थितिका लागि भर्चुअल माध्यमबाट सरिक हुने व्यवस्था मिलाएकाे बताईएकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



