सिटिजन्स बैंकले ३ महिनामै कमायो ५१ करोड ५५ लाख, अन्य सूचक कस्ता छन् ?

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४७।६६ प्रतिशत अर्थात१६ करोड ६४ लाख २२ हजार रुपैयाँ बढी हो। खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट रिभर्सल हुनुका साथै अन्य आम्दानी बढेपछि नाफा बढे्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ८ लाख ४७ हजार रुपैयाँ बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २४ करोड ३८ लाख ६२ हजार रुपैयाँ बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ।

गत आवको पहिलो त्रैमासमा ३ करोड ३८ लाख ५३ हजार रुपैयाँ रहेको इन्मेरिमेन्ट चार्ज चालु आवको सोही अवधिमा २ करोड ५१ लाख ५५ हजार रुपैयाँ रिभर्स भएको छ। यसले पनि बैंकको खुद नाफा बढाउन टेवा पुगेको हो। यसका साथै खुद फि तथा कमिशन आम्दानी र खुद ट्रेडिङ्ग इन्कम बढेका कारण खुद नाफा बढ्न पुगेको हो।