सुनचाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ पुस । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै उतारचढाव आएको छैन । छापावाल सुन र चाँदी दुवैको भाउ आइतबारकै सरह कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो आइतबार पनि छापावाल सुन तोलाको १ लाख ५ सय रुपैयाँमै करोबार भएको थियो ।

तेजाबी सुनमा पनि आज कुनै घटबढ भएको छैन । आइतबार तोलाको १ लाख रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुन आज पनि सोही दरमा किनबेच भइरहेको संघले जनाएको छ । शुक्रबार भने तेजाबी सुन तोलाको ९९ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा पनि आज घटबढ भएको छैन । आइतबार तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही दर कायम भएर किनबेच भइरहेको छ । गत शुक्रबार भने चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।