प्रि ओपन सेसन: नेप्से करिब १ अंकले बढ्यो

-



     सफल आवाज    
     पौष ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ पुस । आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार ३.८३ अंक बढेर १८५८.८९ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा ०.८२ अंक बढेर १८५९.७२ विन्दुमा पुगेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२७ अंकले बढेको छ ।

आज मंगलबारको प्रि-ओपन सेसनमा ६ वटा स्टकको १ लाख ५५ हजार ७३९ रुपैयाँ बराबरको ३१० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने ३ वटा स्टकको मूल्य घटेको छ । बाँकी रहेको एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।