नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा नेपाल टेलिकम अब्बल

-



     सफल आवाज    
     पौष ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा हरियाली छाएको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको हाेछ । उनीहरु सबैको सेयर बढेको छ । नेप्सेमा पछिल्ला दुईदिनबाट देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.६८ अंकले बढेर ३६६.६५ विन्दुमा पुगेको छ ।

कुल २५७ कम्पनीहरुको ३० लाख २२ हजार ५२ कित्ता सेयरको कारोबार भएको छ । यसबाट ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँ १४ पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै नेपाल टेलिकमको ६ करोड ३८ लाख ३७ हजार २१८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
दोश्रोमा सिभिल बैंक लिमिटेडको ४ करोड ३ लाख ७० हजार ३२८ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

तेश्रोमा हिमालयन डिष्टिलरी लिमिटेडको ३ करोड ८२ लाख ५९ हजार ४०८ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ । चौथोमा नबिल बैंकको ३ करोड ३६ लाख ९२ हजार २५१ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

पाँचौमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २ करोड ८२ लाख १९ हजार ८१८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सनराईज ब्लुचिप फण्डको ४.६७ प्रतिशतले घटेको छ ।