लाभांश पारित गर्न राधी विद्युतले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     पौष ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ पुस । राधी विद्युत कम्पनीले लाभांश पारित गर्नकाे लागि साधारण सभा बाेलाएकाे छ । सेयरधनीहरुलाई वितरण गर्ने भनिएकाे साे लाभांशकाे प्रस्ताव अनुमाेदन गर्न पुस २८ गते साधारण सभा बाेलाइएकाे हाे ।

साधारण सभा त्रिपुरेश्वरमा रहेकाे कार्यालयमा उक्त दिन पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । साधारण सभा अनलाइनमार्फत हुने भएकाेले सेयरधनीले घरैबाट सभामा सहभागिता जनाउन सक्नेछन्।

सभाबाट ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । यसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे हाे।

यस्तै सभामा नियमावली संशोधन, लेखापरीक्षककाे नियुक्ति, पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिने भएकाे छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने बताएकाे छ। सभामा सहभागि हुन र लाभांश प्राप्तिका लागि पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्ने छ । यसरी कायम भएका सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य हुनेछन् ।