नेप्से ५.८९ अंकले घट्यो, एनआइसी एशियाको कारोबार अब्बल

-



     सफल आवाज    
     पौष ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ पुस । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्ला दुई दिनको उकालो लागेको यात्रामा यसदिन ब्रेक लागेको छ । एउटा मात्रै उपसमूहमा हरियो लागेको छ । बाँकी १२ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा झरेको छ । नेप्सेमा ०.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेर ३६५.३४ विन्दुमा रहेको छ ।

यसदिन कुल २५२ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २४ लाख ४० हजार ३०७ कित्ता सेयरको खरिदबिक्रीबाट ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँ ६ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये बैंकिङ उपसमूहतर्फ मात्रै ३.३८ प्रतिशतको बृद्धि देखिएको छ । बाँकी सबै १२ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआइसी एशिया बैंक लिमिटेडको कारोबार भएको भएको छ । बैंकको ११ करोड ८२ लाख ४६ हजार १ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रोमा नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार ९१५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा शिवम सिमेन्टको ३ करोड ८५ लाख ७६ हजार ९९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

चौथोमा हिमालयन डिष्टिलरी लिमिटेडको ३ करोड ३४ लाख २३ हजार ४२७ रुपैयाँ बराबरको कारोबार भएको छ । पाँचौमा सोल्टि होटल लिमिटेडको ३ करोड ३० लाख ४२ हजार ७२१ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोवार लिमिटेडको सेयरमूल्य ६.२८ प्रतिशतले घटेको छ ।