
काठमाडौं, ७ पुस । सुपर मादी हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्र तथा वैदेशिक राेजगारमा रहेका नेपालीका लागि सेयर बिक्रीमा ल्याएकाे थियाे ।
लगानीकर्ताले पुस २० गतेसम्म आवेदन दिन सकिने बताइएकाे भएपनि सेयरमा माग गरेकाेभन्दा बढी आवेदन पेश भएकाेले आजसम्म आवेदन दिन पाइने भएकाे हाे ।
कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । यसमा आयोजनाबाट धेरै प्रभावित भएका कस्कीको मादी गाउँपालिकाका वडा नं. १ र २ का जनताका लागि ३ लाख १५ हजार कित्ता रहेकाे छ ।
यस्तै, आयोजनाबाट प्रभावित मादी गाउँपालिकाका वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिकाका वडा नं. २६, २७ र २८ का जनताका लागि ७ लाख ३५ हजार कित्ता रहेकाे छ ।
लगानीकर्ताले सेयरमा आवेदन एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा तथा आयोजना स्थलमा रहेकाे कार्यालयबाट आवेदन दिन पाउनेछन्।
कम्पनीले ८ अर्ब ३५ करोड रुपैयाँ लागत रहेकाे ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसअघि २०७८ जेठ २८ गतेदेखि व्यवसासिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको भएपनि कोभिड १९ तथा बाढीका कारण त्याे लक्ष्यमा पुग्न नसकिएकाे कम्पनीले जनाएकाे छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




