प्रि-ओपन सेसन: नेप्सेमा करिब ३ अंकको गिरावट

-



     सफल आवाज    
     पौष ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ पुस । साताको अन्तिम कारोबार दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३ अंक हाराहारीले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ५.८९ अंक घटेर १८६७.२२ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा २.८२ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि १.६० अंकको गिरावट आएको छ ।

आज बिहीबारको प्रि-ओपन सेसनमा ९ वटा स्टकको ११ लाख ६० हजार ८९६ रुपैयाँ ८० पैसा बराबरको १ हजार ७२६ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ३ वटा स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ ।