मोलुङ्ग हाइड्रोकाे आईपीओ पुस १९ गतेदेखि निष्काशन गरिने

-



     सफल आवाज    
     पौष ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ पुस । सेयरमा लगानीका लागि समय पर्खेर बसिरहेका लगानीकर्ताका लगानीकाे अर्काे अवसर मोलुङ्ग हाइड्रोपावरले जुटाएकाे छ । कम्पनीले पुस १९ गतेदेखि सेयर आईपीओ निष्काशन गर्ने जानकारी गराएकाे छ । साे सेयर आयोजनाबाट प्रभावित क्षेत्रका जनता तथा वैदेशिक राेजगारमा गएकाहरुकाे लागि जारी गरिने भएकाे हाे ।

जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजनाबाट प्रभावित क्षेत्रका जनताका जारी हुनेछ । वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि २ लाख ७२ हजार ८५० कित्ता रहेकाे छ । यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता रहेकाे छ भने कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे ।

कम्पनीका अनुसार आयोजनाबाट प्रभावित क्षेत्रका जनताका लागि जारी हुने सेयरबाट ५ प्रतिशत ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाका जनताका लागि वितरण गरिने भएकाे छ । साथै सुनकोशी गाउँपालिकाका जनता र सिद्धिचरण नगरपालिकाका जनताका लागि रहेकाे छ ।

लगानीकर्ताले घटीमा १० तथा बढीमा ८ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि माघ ३ गतेसम्म आवेदन दिन पाइने छ। ताेकिएकाे मितिसम्म माग अनुसारकाे सेयरमा आवेदन नपरेकाे खण्डमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।