घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     पौष ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ पुस । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा रुपैयाँ १२ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १२ सयले घटेर तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ५ सय कायम भइ काराेबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १२ सयले घटेर तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १ हजारमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।